पोखरामा बृहत र्याली गर्दै सहकारी पीडित, आम्नेसाम्नेको खतरा

रास्वपा कार्यकताले पीडितलाई घरघरमै पुगेर धम्क्याएको आरोप, आन्दोलनमा दल र नागरिक समाजको समेत ऐकेवद्धताका लागि आह्वान

केन्द्रभाग मिडिया

पोखरा ।

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने यतिबेला कास्की प्रहरीको हिरासतमा छन् । पूर्वउपप्रधान एवं गृहमन्त्री समेत रहेका सभापति  लामिछाने पक्राउको विरुद्ध पोखरामा रास्वपाका नेता कार्यकर्ताले दिनहुँ प्रदर्शन गरिरहेका बेला सहकारी पीडितहरुपनि संगठित भएर ¥याली गर्ने तयारीमा छन् । रास्वाका नेता कार्यकर्ताले यसरी प्रदर्शनगर्दा सहकारी पीडितहरुले भने आफै विरुद्धको प्रदर्शन भनेर अर्थ्याएका छन् ।

सूर्यदर्शन सहकारी पीडित संर्घ तथा तदर्थ समिति र सहकारी पीडित संघले आज (बुधबार) एक प्रेस विज्ञप्ति जारी गर्दै विहिबार पोखरामा विरोध ¥याली गर्ने र त्यो ¥यालीमा ऐकेवद्धता जाहेर गर्न राजनीतिक दल र नागरिक समाजलाई समेत आह्वान गरेकाका छन् । अहिले पोखराका चोकचोकमा गरिएका आन्दोलन सहकारीपीडितविरुद्ध भएको जिकिर विज्ञप्तिमा गरिएको छ ।

रास्वपाका नेता र कार्यकर्ताहरूले घरघरमै पुगेर आफूहरूलाई धम्क्याउने र प्रभावित पार्ने प्रयत्न गरेको बताएका सहकारी पीडितले रास्वपासँग ‘१० महिनाअघि नै पार्टी सभापति रवि लामिछानेविरुद्ध किटानी जाहेरी पर्दा के हेरेर बसेका थियौ ?’ भन्ने प्रश्न पनि गरेका छन् ।

अफ्ना पार्टी सभापति रविलाई फसाइएको भन्दै रास्वपाले आज पनि पोखरामा विरोध प्रदर्शन गर्दै छ । यसलाई निरन्तरता दिने रास्वपाका नेताहरुले बताइरहेका बेला सहकारी पीडितहरुले गर्ने ¥याली र उनीहरुको आफू विरुद्धको आन्दोलन भन्ने बुझाइले दुबैपक्ष आम्नेसाम्ने हुने खतरा बढेको छ । यही खतरालाई मध्यनजर गर्दै कास्की प्रशासनले पोखराका केही क्षेत्रलाई निषेधित क्षेत्र समेत तोकेको छ ।

पोखराको सूर्यदर्शन सहकारी ठगी प्रकरण अनुसन्धानका लागि नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले सभापति लामिछानेलाई यही ३ कात्तिक मा काठमाडौँबाट पक्राउ गरी पोखरा ल्याएको हो । हाल उनलाई जिल्ला प्रहरी कार्यालय, कास्कीको हिरासतमा राखिएको छ ।

यस क्रममा जिल्ला सरकारी वकिल कार्यालय कास्कीमा लामिछानेसँग बयान लिन सुरु गरिएको छ। मंगलबार उनीसँग ३ घण्टा बयान लिइएको छ । सरकारी वकिल कार्यालयमा रविसँग तीन घण्टा बयान पोखरामा अनुसन्धान सकेपछि बुटवलको सुप्रिम सहकारी ठगीमा पनि अनुसन्धान गर्न उनलाई बुटवल लगिने प्रहरी प्रधान कार्यालय उच्च स्रोतले जानकारी दिएको छ । रवि लामिछानेका तत्कालिन व्यवसायीक साझेदार छविलाल जोशीलाई बुटल लगेर अनुसन्धान पस्चात आज कास्की ल्याइँदैछ ।

  • ७ कार्तिक २०८१, बुधबार १०:५५ प्रकाशित