पोखरा ।
कास्कीको हेम्जाबाट लागूऔषध सहित दुईजनालाई प्रहरीले पक्राउ गरेको छ । वडा प्रहरी कार्याल बगरबाट खटिएको प्रहरी टोलीले सवारी साधन चेकजाँच गर्ने क्रममा ग २५ प ६५८८ नम्बरको स्कुटरलाई रोकी चेकजाँच गर्ने क्रममा लागू औषध सहित दुइजनालाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा स्कुटरमा सवार म्याग्दी बेनी नगरपालिका ५ बस्ने ३० वर्षिय बल बहादुर विश्वकर्मा र सोही स्कुटरको पछाडि सवार म्याग्दी धौलागिरी गाउँपालिका ४ बस्ने ३५ वर्षिया नर कुमारी धर्ती मगर रहेका छन ।
प्रहरीले चेकजाँच गर्ने क्रममा स्कुटरको पछाडि सवार धर्तीले टोपिमा लुकाइ छिपाई राखेको अवस्थामा डाइजापाम ३१ एम्पुल, फेनेरागन ३१ एम्पुल र नुर्फिन ३१ एम्पुल गरी जम्मा ९३ एम्पुल लागू औषध फेला पारी नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता प्रहरी नायव उपरीक्षक बसन्त कुमार शर्माले जानकारी दिए ।
प्रवक्ता शर्माका अनुसार पक्राउ परेका दुइजनालाई जिल्ला अदालत कास्कीबाट लागू औषध सम्बन्धी मुद्धामा सात दिनको म्याद थप गरी अनुसन्धान अगाडी वढाइएको छ ।