वाई–वाई यू–१९ क्रिकेटका लागि गण्डकीमा अर्जुनको कप्तानीमा १४ सदस्यीय टोली घोषणा 

केन्द्रभाग मिडिया

पोखरा ।

नेपाल क्रीकेट संघको आयोजनामा बिराटनगरमा हुने वाई–वाई पुरुष यू–१९ राष्ट्रिय क्रिकेट प्रतियोगिताको लागी गण्डकी स्टार खेलाडी अर्जुन कु्मालको कप्तानीमा १४ सदस्यीय टोलीको घोषणा भएको छ ।

यहि १० कार्तिकबाट सुरु हुने प्रतियोगितामा प्रादेशिक क्रिकेट संघ गण्डकीले अर्जुनको कप्तानीमा १४ सदस्यीय खेलाडीहरुको नाम घोषणा गरेको हो । उनी अन्डर १९ राष्ट्रिय टोलीका सदस्य समेत हुन् र नेपाल ए बाट समेत नेपालको प्रतिनिधित्व गरेका छन् ।

टोलीको छनौटका लागि गत ७ असोज देखि १३ असोजसम्म पोखरा क्रिकेट रंगशालामा संचालन भएको ‘वाईवाई यु–१९ गण्डकी प्रदेश स्तरीय पुरुष एक दिवसीय क्रिकेट प्रर्तियोगिता २०८१’ मा प्रतिकुल मौसमका कारण पूर्ण हुन नसकेपछि उक्त प्रतियोगितामा सहभागी खेलाडीहरुको प्रदर्शन र सहभागी जिल्लाहरुका प्रशिक्षकहरुको राय समेत लिई पहिलो चरण मा ३७ खेलाडीहरुलाई बन्द प्रशिक्षणका लागि छनौट गरिएको थियो । २० देखी २४ असोजसम्म पोखरामा संचालित बन्द प्रशिक्षणको दोश्रो चरणमा २४ खेलाडीहरु सहभागी थिए ।

गण्डकीको टोलीमा करन पंगेनी, सोहेल कुंवर, बंश क्षेत्री, सुदिप अर्याल, नरेश शाह, अस्विन थापा, किरण भट्टराई, अपरिचित पौडेल, सुजन गौतम, विज्ञान पाण्डे, सुप्रिम सुनार, सिव्रिन श्रेष्ठ र रोहित चन्द छन् ।

त्यसै गरी बैकल्पिक खेलाडीमा सरोज खत्री, नितेश गिरी, सोनु यादव र अनिष ताम्राकार रहेका छन् । गण्डकीले आफ्नो खेल ११ कार्तिकमा मधेश प्रदेशसंग खेली प्रतियोगिताको सुरुवात गर्नेछ । रिजन प्रजुको प्रशिक्षणमा रहेको गण्डकीको यू–१९ टिम सन्तुलित टिम र दाबेदार रहेको छ । टोलिको ब्यबस्थापकमा स्याङ्जाका अबिशेक ढकाल छन ।

  • ७ कार्तिक २०८१, बुधबार ०७:४३ प्रकाशित