रविको समर्थनमा आज पनि प्रदर्शन

केन्द्रभाग मिडिया

काठमाडौँ ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेको समर्थनमा आज पनि पोखरामा विरोध प्रदर्शन भएको छ । रास्वपाले पार्टी सभापति लामिछानेको समर्थनमा पोखरामा चौथो दिन पनि प्रदर्शन गरेको हो ।

रास्वपाले लामिछाने पक्राउको विरोधमा पोखराको जीरो किलोमिटरदेखि अमरसिंह चोकसम्म प्रदर्शन गरेको छ । सूर्यदर्शन सहकारी ठगी प्रकरणमा काठमाडौँबाट पक्राउ परेको लामिछानेलाई सोही राति पोखरा ल्याइएको थियो ।

लामिछानेलाई पक्राउकै दिनदेखि गणना हुने गरी कास्की अदालतले ६ दिन म्याद पनि थपेको छ ।

  • ६ कार्तिक २०८१, मंगलवार १५:१५ प्रकाशित