आज पाउण्डको भाउ घट्यो (सूचीसहित)

केन्द्रभाग मिडिया

पोखरा ।

नेपाल राष्ट्र बैंकले निर्धारण गरेको विदेशी मुद्रा विनिमयदर अनुसार आज पाउण्डको भाउ घटेको छ ।

आज एकको खरिददर १७४ रुपैयाँ ८६ पैसा र बिक्रीदर १७५ रुपैयाँ ६४ पैसा रहेको छ । हिजो पाउण्ड एकको खरिदर १७५ रुपैयाँ १६ पैसा र बिक्रीदर १७५ रुपैयाँ ९५ पैसा थियो । डलर एकको खरिददर १३४ रुपैयाँ २२ पैसा र बिक्रीदर १३४ रुपैयाँ ८२ पैसा छ ।

युरो एकको खरिददर १४५ रुपैयाँ ६५ पैसा बिक्रीदर १४६ रुपैयाँ ३० पैसा रहेको छ । १० जापानी येनको खरिददर ८ रुपैयाँ ९५ पैसा र बिक्रीदर ८ रुपैयाँ ९९ पैसा छ । भने चिनियाँ युवानको खरिददर १८ रुपैयाँ ८७ पैसा र बिक्रीदर १८ रुपैयाँ ९५ पैसा छ ।

साउदी रियालको खरिददर ३५ रुपैयाँ ७४ पैसा र बिक्रीदर ३५ रुपैयाँ ९० पैसा छ ।कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ ८१ पैसा र बिक्री दर ३६ रुपैयाँ ९८ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।

मलेसिया रिंगिट १ को खरिददर ३१ रुपैयाँ १९ पैसा र बिक्रीदर ३१ रुपैयाँ ३३ पैसा रहेको छ ।

  • ६ कार्तिक २०८१, मंगलवार १०:०८ प्रकाशित