राष्ट्रपति पौडेल कात्तिक अन्तिम साता अजरबैजान जाने

केन्द्रभाग मिडिया

राष्ट्रपति रामचन्द्र पौडेलका लागि दोस्रो विदेश भ्रमणमा जाने भएका छन्। युरोपेली राष्ट्र अजरबैजानका लागि राष्ट्रपतिको भ्रमण जुरेको हो।

पूर्वी युरोप र पश्चिम एसियाको बीचमा पर्ने युरोपेली राष्ट्रपति अजरबैजानको भ्रमणमा उनी कात्तिक अन्तिम साता जानेछन्।जलवायु परिवर्तन सम्बन्धी विश्वसम्मेलन (कोप समिट) मा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै राष्ट्रपति अजरबैजान जान लागेका हुन्।

संयुक्त राष्ट्रसंघको आयोजनामा हुने सन् २०२४ को संस्करणको कोप समिट (२०२४) आगामी २६ कात्तिकदेखि ७ मंसिरमा अजरबैजानको राजधानी बाकुमा हुँदैछ।

  • ५ कार्तिक २०८१, सोमबार १७:०८ प्रकाशित