दीपक मनाङेले छाडेको वन मन्त्रालय लमजुङका पौडेललाई, आजै शपथ

केन्द्रभाग मिडिया

पोखरा ।
गण्डकी प्रदेशको बन तथा वातावरण मन्त्रालय कांग्रेस सांसद भेषबहादुर पौडेलले पाउने भएका छन । गण्डकी प्रदेशका सांसद राजीव गुरुङ ‘दीपक मनाङे’ले छाडेको वन तथा वातावरण मन्त्रालय कांग्रेस सांसद भेषबहादुर पौडेलले पाउने भएको हो ।

मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले सोमबार पौडेललाई मन्त्री नियुक्त गर्न लागेको मुख्यमन्त्रीको सचिवालयले जनाएको छ । लमजुङ प्रदेश सभा ‘क’ बाट निर्वाचित पौडेल कांग्रैसभित्र शेखर कोइराला–गगन थापा निकट छन । नेपाली कांग्रेस लमजुङका पूर्व सभापति पौडेल लमजुङ उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष पनि हुन् ।

यसअघि उक्त मन्त्रालयमा मनाङबाट निर्विरोध निर्वाचित सांसद मनाङेलाई नियुक्त गरिएको थियो। मनाङेले उक्त मन्त्रालय ‘जुनियर’ भएकोले आफूले नलिने भन्दै भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रीको हैसियतमा राजीनामा दिएका थिए ।

पौडेललाई वन तथा वातावरण मन्त्री नियुक्त गरेर आजै शपथ ग्रहण गराउने तयारी रहेको छ ।

  • ५ कार्तिक २०८१, सोमबार १३:५१ प्रकाशित