मुख्यसचिवको आह्वानमा सचिवहरूको बैठक जारी

केन्द्रभाग मिडिया

काठमाडौं ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा नेपाल सरकारका सचिवहरूको बैठक जारी छ ।

मुख्यसचिव एकनारायण अर्यालको आह्वानमा बसेको बैठक सोमबार बिहान साढे ९ बजेबाट जारी छ । प्रत्येक महिनाको पहिलो सोमबार बस्ने यो नियमित बैठक हो ।

बैठकमा विपद् संकटग्रस्त क्षेत्र घोषित पालिकाहरूमा राहत, पुनर्स्थापना र पुनर्निर्माणको काम लगायतका विषयमा छलफल गर्ने एजेण्डा रहेको एक सचिवले जानकारी दिए ।

त्यस्तै, बैठकमा मन्त्रालयहरूको प्रगति विवरण, कर्मचारी सरुवाको मापदण्ड मस्यौदाका बारेमा पनि छलफल हुनेछ । सचिवहरूलाई सेवा प्रवाह सुधारमा मुख्य सचिव अर्यालले निर्देशन दिने पनि बुझिएको छ ।

  • ५ कार्तिक २०८१, सोमबार १०:५४ प्रकाशित