पोखरामा आज गोलभेडाँको भाउ बढ्यो, प्याजको कति छ ? (मुल्य सूचीसहित)

केन्द्रभाग मिडिया

पोखरा ।

आज कृषि तथा पशु विकास महाशाखा गण्डकी प्रदेश पोखराले सार्वजनिक गरेको तरकारीको मूल्य अनुसार पोखरामा गोलभेडाँको भाउ बढेको छ ।

आज सानो गोलभेडाँको भाउ के.जीको १४१ रुपैयाँ ५ पैसा र ठुलो गोलभेडाँ केजीको १४० रुपैयाँ रहको छ । हिजो सानो गोलभेडाँको भाउ के.जीको १३० रुपैयाँ र ठुलो गोलभेडाँको भाउ १२५ रुपैयाँ रहेको थियो ।

आज रातो र सेतो दुवै आलुको भाउ प्रति के.जी ६० रुपैयाँ रहेको छ ।यस्तै घिरौला १०० रुपैयाँ के।जी छ । यस्तै आज प्याज सुकेको १२० रुपैयाँ , गाजर १७५ रुपैयाँ प्रति केजी रहेको छ । रायोको साग ५५ रुपैयाँ रहेको छ ।मुला ६५ रुपैयाँ केजी रहेको छ ।

मासु र फलफुलको मुल्य हेर्न यहाँ क्लिक गर्नुहोस् ।

  • ५ कार्तिक २०८१, सोमबार ०८:४१ प्रकाशित