ओली सबैभन्दा ठूलो भ्रष्टाचारको जगमा उभिएको प्रधानमन्त्री : सभापति लामिछाने (भिडियो)

केन्द्रभाग मिडिया

पोखरा ।
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले प्रधानमन्त्री केपी शर्मा ओली देशको सबैभन्दा ठूलो भ्रष्टाचारको जगमा उभिएको आरोप लगाएका छन् । सूर्यदर्शन सहकारीको रकम अपचलन गरेको आरोपमा पक्राउ परेका पूर्व गृहमन्त्री समेत रहेका लामिछानेलाई म्याद थपका लागि जिल्ला अदालत कास्कीमा लगिएको बेला पत्रकारलाई प्रतिक्रिया दिँदै उनले यस्तो आरोप लगाएका हुन् ।

लामिछानेले आफूलाई जस्तो डेढ वर्ष लगाएर अनुसन्धान गर्ने हो भने सबैभन्दा भ्रष्ट प्रधानमन्त्री ठहरिने उनको टिप्पणी छ । आफूलाई झुट्टा मुद्दामामा फसाउने प्रयास भएको भन्दै उनले ‘सबैभन्दा ठूलो भ्रष्टाचारको जगमा उभिएको प्रधानमन्त्री केपी ओली हो’ उनले भने, ‘केपी ओली नेतृत्वको सरकार रहेसम्म झट्ठो मुद्दा लगाएर फसाउने काम भइरहन्छ ।’

लामिछानेले सरकारको विरुद्ध उत्रन समेत आह्वान गरे । उनले आफ्ना लागि नभई देशका लागि देशभारबाट र खासगरी पोखराबाट सबै नागरिक उभिन पनि आह्वान गरे । उलने ओली सरकारलाई सबैभन्दा पहिले विदाई गर्नुपर्ने समेत बताए । उनले आफू भ्रष्टाचारको जगमा उभिएर निर्दोषलाई फसाउने काममा ओली सरकार तल्लिन रहेको उल्लेख गरे । उनले आफूले अदालतलाई विश्वास गरेको र न्याय पाउने अपेक्षा राखे ।

भिडियो

https://www.facebook.com/KendraKhabar/videos/864644765652166   

 

 

  • ४ कार्तिक २०८१, आईतवार १६:२७ प्रकाशित