मनाङमा लेक लागेर पर्यटकको ज्यान गयो

केन्द्रभाग मिडिया

मनाङ ।

मनाङको ङिस्याङ गाउँपालिकामा लेक लागेर एकजना पर्यटकको ज्यान गएको छ । ङिस्याङ–३ याकखर्कमा टेन्टमा बसिरहेका स्विजरल्याण्डका नागरिकको ज्यान गएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

चुलु फरेष्ट जाने क्रममा टेन्टमा बसेका स्विजरल्याण्डका नागरिक राहदानी नं एस ०८८५१८७ भएका करिब ६३ वर्षीय मार्कुस सेसलरको ज्यान गएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक राजेन्द्रबहादुर केसीले जानकारी दिए। राति सकुशल सुतेका निज बिहान नउठेपछि लेक लागेर ज्यान गएको अनुमान गरिएको उनले बताए ।

लेक लागेर ज्यान गएको छ भन्ने खबर आइतबार बिहान सुरक्षामा खटिएका गार्ड कर्मा शेर्पामार्फत प्राप्त भएको प्रहरी निरीक्षक केसीले जानकारी दिए । उनले १० विदेशी र २३ जना नेपाली नागरिकको उद्धार गरिएको जानकारी दिए ।

  • ४ कार्तिक २०८१, आईतवार १६:१९ प्रकाशित