रवि पक्राउविरुद्ध रास्वपाले ७७ वटै जिल्लाबाट ज्ञापनपत्र बुझाउने

केन्द्रभाग मिडिया

काठमाडौँ ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने पक्राउको विरूद्धमा पार्टीका नेता तथा कार्यकर्ताले ७७ वटै जिल्लाबाट सरकारलाई ज्ञापनपत्र दिने भएको छ ।

सभापति लामिछानेलाई सरकारले राजनीतिक प्रतिशोधका आधारमा पक्राउ गरिएको आरोप लगाउँदै प्रमुख जिल्ला अधिकारीमार्फत ज्ञापनपत्र बुझाउन लागिएको रास्वपाका सहमहामन्त्री कवीन्द्रप्रसाद बुर्लाकोटीले जानकारी दिए ।

सहकारी प्रकरणमा सार्वजनिक लेखा समितिका सभापति समेत रहेका एमालेका नेता ऋषिकेश पोखरेल र कांग्रेसका उपसभापति धनराज गुरुङलाई छानबिनको दायरामा नल्याएकोमा उनले आक्रोश पोखे । विभिन्न जिल्लाबाट पोखरामा नेता तथा कार्यकर्ता, शुभेच्छुक व्यक्तिहरू पोखरा आउनेक्रम जारी रहेको उनले बताए ।

 

  • ४ कार्तिक २०८१, आईतवार १५:१५ प्रकाशित