निशेधित क्षेत्रबाट पछि हट्यो रास्वपाको प्रदर्शन

केन्द्रभाग मिडिया

पोखरा ।

निशेधित क्षेत्रबाट हट्न प्रशासनले गरेको आग्रहलाई स्वीकार गर्दै रास्वपाका कार्यकर्ता केही पछाडि हटेका छन् । निशेधित क्षेत्र सहिदचोकबाट हट्न प्रहरीले गरेको आग्रहलाई अटेर गरेपछि प्रहरीले प्रर्दशनकारीलाई हटाउन पानीको फोहारा प्रयोग गर्ने तयारी गरेको थियो ।

प्रहरीले पानीको फोहोरा र टियर ग्यास समेत छाड्ने तयारी गरेसंगैं रास्वपाका नेता कार्यकर्ताले आफ्नो प्रदर्शनलाई निशेधित क्षेत्रभन्दा केही पर सारेका हुन् । सहिदचोकमा व्यापकरुपमा प्रहरी र सशस्त्र प्रहरी तैनाथ गरिएको छ । सहकारी ठगी प्रकरणमा पक्राउ परेका रास्वपा अध्यक्ष रवि लामिछानेलाई जिल्ला अदालत उपस्थित गराइँदैछ ।

त्यसैलाई मध्यनजर गरेर सहिदचोकमा रास्वपा र राष्ट्रबैंक चोकमा सहकारी पीडितहरुले प्रदर्शन गरिरहेका छन् । दुवैठाउँमा सुरक्षा निकायको उच्च उपस्थिति रहेको छ ।

  • ४ कार्तिक २०८१, आईतवार १३:३७ प्रकाशित