प्रदर्शनलाई मध्येनजर गरी पोखराको दुई ठाउँ निषेधित क्षेत्र घोषणा

केन्द्रभाग मिडिया

पोखरा ।
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने पक्राउका कारण पक्ष र विपक्षमा पोखरामा प्रदर्शन शुरु भएपछि जिल्ला प्रशासन कार्यालय कास्कीले पोखराको दुई ठाउँमा निषेधित क्षेत्र घोषणा गरेको छ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने पक्राउ परेपछि पोखरामा शनिवार देखी पोखरामा रवि पक्षका मानिसहरुले प्रदर्शन शुरु गरेको थियो ।

कास्कीका प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डेले आइतबार १२ बजेदेखि अर्को आदेश नभएसम्मका लागि निषेधित क्षेत्र घोषणा गरेका हुन् । जसअनुसार पोखरास्थित सहिद चोक आसपास क्षेत्र र गैह्रापाटन आसपास क्षेत्रलाई निषेधित क्षेत्र घोषणा गरिएको छ ।

सहित चोकलाई केन्द्र मानी पूर्वतर्फ वाई चोक, पश्चिमतर्फ फिस्टेल गेट चोक, उत्तरतर्फ मालपोत कार्यालय र दक्षिणतर्फ मुस्ताङ चोकसम्मलाई निषेधित क्षेत्र घोषणा गरिएको छ । यस्तै गैह्रापाटन आसपासका क्षेत्रमा पालिखेचोकदेखि नविन माविसम्मको सडक क्षेत्रलाई निषेधित क्षेत्र घोषणा गरिएको छ ।

निषेधाज्ञा घोषित क्षेत्रमा ५ जनाभन्दा बढी भेला भएमा कानुन बमोजिम कारबाही हुने प्रशासन द्धारा जारी विज्ञप्तीमा उल्लेख गरिएको छ ।

  • ४ कार्तिक २०८१, आईतवार १२:४० प्रकाशित