पोखरा ।
नेपाल राष्ट्र बैंकले निर्धारण गरेको विदेशी मुद्रा विनिमयदर अनुसार साताको पहिलो दिन आज डलर एकको खरिददर १३४ रुपैयाँ २१ पैसा र बिक्रीदर १३४ रुपैयाँ ८१ पैसा छ ।
यस्तै पाउण्ड एकको खरिदर १७५ रुपैयाँ ०७ पैसा र बिक्रीदर १७५ रुपैयाँ ८५ पैसा रहेको छ । युरो एकको खरिददर १४५ रुपैयाँ ५४ पैसा बिक्रीदर १४६ रुपैयाँ १९ पैसा रहेको छ । १० जापानी येनको खरिददर ८ रुपैयाँ ९५ पैसा र बिक्रीदर ८ रुपैयाँ ९९ पैसा छ । भने चिनियाँ युवानको खरिददर १८ रुपैयाँ ८९ पैसा र बिक्रीदर १८ रुपैयाँ ९८ पैसा छ ।
साउदी रियालको खरिददर ३५ रुपैयाँ ७३ पैसा र बिक्रीदर ३५ रुपैयाँ ८९ पैसा छ ।कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ ८१ पैसा र बिक्री दर ३६ रुपैयाँ ९७ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।
मलेसिया रिंगिट १ को खरिददर ३१ रुपैयाँ १८ पैसा र बिक्रीदर ३१ रुपैयाँ ३२ पैसा रहेको छ ।