सहकारी पीडितको नेतृत्व अब हामी गर्छौं : विराजभक्त श्रेष्ठ

केन्द्रभाग मिडिया

पोखरा ।
पूर्वमन्त्री समेत रहेका सांसद विराजभक्त श्रेष्ठले वास्तविक सहकारी पीडितको नेतृत्व राष्ट्रिय स्वतन्त्र पार्टीले गर्ने बताएका छन् । पोखरामा भएको विरोध प्रदर्शनमा बोल्दै रास्वपाका नेता समेत रहेका श्रेष्ठले सहकारी पीडितको रकम फिर्ता गराउन सरकारलाई दबाब दिइरहने उल्लेख गरे ।

उनले अरू दलले जस्तो ढुङ्गा हान्ने, सडक अवरुद्ध गर्ने, आगो बाल्ने, जनतालाई दुःख दिनेगरी आन्दोलन नगर्ने बताउँदै अरू दल र रास्वपामा फरक रहेको बताए । आन्दोलनमा नक्कली सहकारी पीडित घुसेर बिथोल्न आउने सूचना पाए पनि रास्वपाले शान्तिपूर्ण आन्दोलन गर्ने भएपछि उनीहरू पछि हटेको बताए ।

गुमाउन केही चिज पनि बाँकी नभएकोसँग राज्यसत्ता डराउनु नपर्ने श्रेष्ठको भनाइ थियो ।

  • ३ कार्तिक २०८१, शनिबार १६:४६ प्रकाशित