न्यायको प्रतिक्षामा रहेको भन्दै सहकारी पीडितले गरे प्रदर्शन स्थगित

केन्द्रभाग मिडिया

पोखरा ।
सूर्यदर्शन सहकारी अपचलन प्रकरणमा रास्वपा सभापति एवं पूर्वगृहमन्त्री रवि लामिछानेलाई पक्राउ गरेर कास्की प्रहरीको हिरासतमा राखिएसंगै थप दबाबका लागि प्रदर्शनको तयारीमा रहेका सहकारी पीडितहरु तत्कालका लागि प्रशासनको आग्रहलाई मान्दै मौन बस्ने भएका छन् । शनिबार विहान जिल्ला प्रशासन कार्यालयले बोलाएर कास्की स्थित सुरक्षा प्रमुखको अगाडि पीडितलाई न्याय दिने भन्दै प्रदर्शन नगर्न आग्रह गरिएकाले आफूहरु प्रक्रियालाई सहयोग गर्न मौन बसेको सूर्यदर्शन सहकारी पीडित संघर्ष समितिका संयोजक किरण श्रेष्ठले जानकारी दिए ।

उनका अनुसार कास्कीका प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डेले सहकारी पीडितलाई बोलाएर सबै सुरक्षा प्रमुखको उपस्थितिमा प्रर्दशन नगरेर सहयोग गर्न आग्रह गरेका हुन् ‘हामीलाई सीडीओसाबले बोलाउनुभयो । सुबै सुरक्षाअंगका प्रमुखलाई राखेर न्याय दिन्छौं कानूनी प्रक्रियालाई सहयोग गर्नुहोस् भन्नुभयो ।’ उनले भने, ‘त्यही भएर हामीले हाम्रो प्रदर्शन लगायतका दबाबका कार्यक्रम दुई दिनका लागि स्थगित गरेका छौं । हामी कुनै कार्यक्रम गर्दैछैनौं’ उनले भने ।

आफूहरुको नजरमा रास्वपा सभापति लामिछाने दोशी रहेको चर्चा गरेको उनले कानूनलाई लामिछानेले र उनको पार्टीले सहयोग गर्नुपर्ने बताए । लामिछाने छानविनको क्रममा निर्दोष देखिए त्यसलाई स्विकार्न आफूहरु तयार रहेको तर सबै प्रक्रिया पूरा गरेर छानबिन गर्नुपर्ने उनको जिकिर छ । लामिछाने पक्राउले आफूहरुले न्याय पाउने आशा बढेको बताएका उनले पीडितलाई राज्यले न्यायद दिनुपर्ने धारणा राखे ।

  • ३ कार्तिक २०८१, शनिबार १४:१२ प्रकाशित