रवि लामिछाने पक्राउको विरोधमा पोखरामा रास्वपाको प्रदर्शन (तस्विरहरु)

केन्द्रभाग मिडिया

पोखरा ।
राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा) सभापति रवि लामिछाने पक्राउको विरोधमा पोखरामा विरोध प्रदर्शन शुरु भएको छ । पोखराको मानवअधिकार चोकमा रास्वपाका कार्यकर्ताहरु हातमा प्लेकार्ड बोकेर विरोधमा उत्रिएका हुन ।

शुक्रबार प्रहरीले सभापति लामिछानेलाई पक्राउ गरेपछि पार्टीका नेता तथा कार्यकर्ताहरूले शनिबार पोखरामा विरोध प्रदर्शन गरेका हुन । पोखराको चिप्लेढुंगास्थित मानव अधिकार चोकमा रास्वपाको नेता कार्यकर्ताले विरोध सुरु गरेका छन ।

प्रदर्शनकारीले ‘राजनीतिक प्रतिशोध बन्द गर्, भ्रस्टहरूलाई कारबाही गर्, सहकारी पीडितलाई न्याय दे’ जस्ता प्लेकार्ड बोकी नाराबाजी गरिरहेका छन ।

रास्वपा गण्डकीका सभापति राजन गौतमले दुईतिहाइको सरकार ढाल्ने सुरुवात पोखराबाट भएको बताएका छन । मानवअधिकार चोकमा जारी विरोध सभालाई रास्वपाका केन्द्रीय नेताहरुले सम्बोधन गर्नेछन ।
तस्विरहरु ।

  • ३ कार्तिक २०८१, शनिबार १३:०७ प्रकाशित