मातृ तथा पेरिनेटल मृत्यु निगरानी र प्रतिकार्य समितिको बैठक सम्पन्न

केन्द्रभाग मिडिया

filter: 0; fileterIntensity: 0.0; filterMask: 0; captureOrientation: null; brp_mask:0; brp_del_th:null; brp_del_sen:null; delta:null; module: photo;hw-remosaic: false;touch: (-1.0, -1.0);sceneMode: 2;cct_value: 0;AI_Scene: (-1, -1);aec_lux: 0.0;aec_lux_index: 0;albedo: ;confidence: ;motionLevel: -1;weatherinfo: null;temperature: 37;

पोखरा ।

पोखरा महानगरपालिकामा गत आर्थिक वर्ष २०८०/८१ मा ५ जनाको मातृ मृत्यु (गर्भवती भएदेखि सुत्केरी भएको ४५ दिनसम्मका) भएको छ । विभिन्न कारणले गर्भवतीदेखि सुुत्केरी भएको ४५ दिनसम्मका महिलाहरुको मृत्यु हुुने गरेको पोखरा महानगरपालिका स्वास्थ्य महाशाखाका नर्सिङ निरिक्षक सबिना श्रेष्ठले जानकारी दिइन् ।

उनका अनुसार कास्की जिल्लामा ९ जना मातृ मृत्यु भयो भने ती मध्य ५ जना पोखरा महानगरका भएको बताइन् । उनका अनुुसार चालुु आर्थिक वर्ष २०८१/८२ को साउन यता एक जनाको महिलाको मृत्यु भएको छ । पोखरा महानगरमा आर्थिक वर्ष २०८०/८१ म ६ हजार महिला सुुत्केरी हुन्छन् भन्ने अनुमान गरिएकोमा १० हजार ८ सय २० जना सुत्केरी भए ।

उनले दिएको जानकारी अनुसारपोखरा–१६ की २५ वर्षिय निलम पुुन, पोखरा १४ की ३५ वर्षिय रुपा लामा, पोखरा ३० की १८ वर्षिय सम्झना विक, पोखरा ८ की रोशनी क्षेत्री र पोखरा २९ की सावित्री सुनारको मृत्यु भएको हो । पुन र लामाको अप्रेशन गरी बच्चा निकाले पश्चात जटिलता भएपछि मृत्यु बताइएको छ ।

गर्भवती अवस्थामा सम्झना विकको घर नजिकैको बारीबाट लडेर मृत्यु भएको हो । रोशनीको आफैले पेट्रोल खन्याएर आगो लगाएको र सुनारले कुलोमा माछा मार्ने क्रममा करेन्ट लागेर मृत्यु भएको हो ।
विभिन्न कारणले हुने मातृ मृत्यु दर न्यूनिकरण गर्ने उद्देश्यले स्थानीय तहमा उपप्रमुखको संयोजकत्वमा मातृ तथा पेरिनेटल मृत्युु निगरानी र प्रतिकार्य समिति रहने र उक्त समितिले मातृ मृत्यु हुनुको कारण बारे छलफल गर्दै समुुदायमा कार्यक्रम सञ्चालन गर्ने गरी नेपाल सरकार स्वास्थ्य मन्त्रालयले कार्यविधि बनाएर उपप्रमुखको संयोजकत्वमा समिति रहने ब्यवस्था गरेको छ ।

पोखरा महानगरपालिका उपप्रमुुख मञ्जुुदेवी गुुरुङको अध्यक्षतामा शुक्रबार बसेको समितिको बैठकमा समितिका सदस्यसचिव समेत रहेकी महानगर नर्सिङ निरिक्षक सविना श्रेष्ठले मातृ मृत्यु दर न्युनिकरणका र २८ हप्ताको गर्भदेखि जन्मेको एक हप्ता सम्मको नवजात शिशुको मृत्युु दर घटाउने र आमा तथा शिशुको सुरक्षा बारे जनचेतनामुलक कार्यक्रम सञ्चालनका लागि बैठकले कार्ययोजना बनाउने निर्णय गरेको बताइन् ।

उनका अनुसार पहिलो प्राथमिकता आमा तथा शिशुको सुरक्षा ध्यान दिने गरी कार्यक्रम जनसमुुदायमा पुु¥याउने गरी योजना बनाई कार्यक्रमहरु सञ्चालन गर्ने बताइ्न । उनले मातृ मृत्युुलाई कम गराउन स्वास्थ्यकर्मीलाई क्षमता अभिबृद्वि गर्ने र पूूर्वाधार युक्त बनाउन जनशक्ति थप गर्नुुपर्ने कार्यमा समितिले पहल गर्नुपर्ने बताइन् । गभर्वती महिलाको मृत्यु हुने वित्तिकै त्यसको बारेमा अध्ययन गर्ने चिकित्सकले के कारण मृत्यु भयो भन्ने बारेमा पत्ता लगाउने र समिति समक्ष प्रतिवेदन प्रस्तुत गरेपछि आगामी कार्ययोजना तयार बैठकले गर्ने नर्सिङ निरिक्षक श्रेष्ठले बताइन् ।

मातृ तथा पेरिनेटल मृत्युु निगरानी र प्रतिकार्य कार्यक्रमको संयोजकमा पोखरा महानरपालिका उपप्रमुख मञ्जुदेवी गुुरुङ संयोजक, सदस्यहरुमा पोखरा महानगरका प्रमुख प्रशासकीय अधिकृत शिवराज चौलागाई, स्वास्थ्य महाशाखा प्रमुख भरतराज पौडेल, सामाजिक विकाश महाशाखा प्रमुख निर्मला शर्मा, निजि अस्पतालहरुको प्रतिनिधिबाट चिकित्सक डा. ऋचा श्रेष्ठ, कजएसाइन्मेन्ट चिकित्सक डा. डेला सिंह सदस्य रहेका छन् भने सदस्यसचिवमा पोखरा महानगरपालिका स्वास्थ्य महाशाखा नर्सिङ निरिक्षक सविना श्रेष्ठ सहित सात सदस्यीय समिति रहेको छ ।

पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानका प्रसुती तथा स्त्री रोग विभागका प्रमुख डा.डेला सिंहले पोखरा महानगर क्षेत्रमा गर्भपन गराउन सुचिकृत स्वास्थ्य संस्था बाहेक अन्य ठाँउबाट गर्न नहुने बताइन् । उनले स्वास्थ्य संस्थामा अनुुगमन गर्नुुपर्नेमा जोड दिदै अझै पनि जनचेतनामुुलक कार्यक्रमको खाँचो रहेको औल्याइन । बैठकमा गर्भवती महिलाहरुलाई जाँच गर्दा फरक फरक कार्ड दिने गरिएको भन्दै त्यसलाई एउटै बनाउदाँ गर्भवतिको अभिछिन्न हेरचाहमा गुुणस्तरीय सेवा प्रदान गर्न सहज हुुने नर्सिङ निरिक्षक सविना श्रेष्ठले बताइन् ।

नीजि स्वास्थ्य संस्थाको प्रतिनिधित्व गरेकी गण्डकी मेडिकल कलेजका चिकित्सक डा. ऋचा श्रेष्ठले जनशक्तिको अभावले सेवा प्रवाहमा समस्या रहेको बताउदै जनशक्ति थप गर्नुुपर्ने खाँचो औल्याइन् ।
नेपाल परिवार नियोजनका संघका प्रतिनिधि नवराज तिवारीले परिवार नियोजन सेवा कार्यक्रम विशेष गरी किशोरकिशोरीहरुसम्म विस्तार गर्नुपर्नेमा जोड दिए । पोखरा महानगरका उपप्रमुख मञ्जुुदेवी गुुरुङले मृत्युुको कारण पत्ता लगाई त्यसको न्यूूनिकरणमा सचेतना मुलक कार्यक्रम संचालन गनुुपर्नेमा जोड दिइन् । उमेर पुुगेपछि विवाह गर्नुुपर्ने, बाल विवाहलाई रोक्नुपर्ने, किशोरी अवस्थामा गर्भ तथा गर्भपतनलाई निरुत्साहीत गर्नुुपर्नेमा जोड दिइन् ।

  • ३ कार्तिक २०८१, शनिबार ०८:३४ प्रकाशित