बानेश्वरमा विपक्षी दलहरुको बैठक जारी

केन्द्रभाग मिडिया

काठमाडौं ।

प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डको आह्वानमा प्रतिपक्षी दलहरूको बैठक बानेश्वरमा जारी छ । समसामयिक राजनीतिक विषयका साथै बाढीपहिरो पछिको अवस्थाबारे छलफल गर्नका लागि बैठक बोलाइएको माओवादी निकट स्रोतले जनाएको छ ।

जारी बैठकमा पूर्वप्रधानमन्त्रीसमेत रहेका प्रचण्ड र अर्का पूर्वप्रधानमन्त्री समेत रहेका नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालसहित रास्वपा अध्यक्ष रवि लामिछाने, लोसपा अध्यक्ष महन्थ ठाकुर, शक्ति बस्नेत र स्वर्णिम वाग्लेलगायत सहभागी छन् ।

बैठकमा प्रधानमन्त्री ओली सरकारको ९० दिनको समीक्षासहित समसामयिक विषयहरुमा समेत छलफल गरिने बताइएको छ  ।

  • २ कार्तिक २०८१, शुक्रबार ११:२९ प्रकाशित