आज र भोलि बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइँदै

केन्द्रभाग मिडिया

पोखरा ।
आज (शुक्रबार) र भोलि (शनिबार) देशैभर ५ वर्ष मुनिका बालबालिकालाई भिटामिन ए र जुकाको औषधि खुवाइँदै छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले र भोलि देशैभर भिटामिन ‘ए’ क्याप्सुलसँगै जुकाको औषधि खुवाउने भएको हो । राष्ट्रिय पोषण कार्यक्रमअन्तर्गत पाँच वर्ष मुनिका बालबालिकालाई औषधि खुवाउन लागिएको हो ।

साथै, १५ महिनासम्म लगाउनुपर्ने कुनै पनि नियमित खोप छुटेको छ भने पाँच वर्ष मुनिका बालबालिकालाई नजिकैको स्वास्थ्य संस्थामा छुटेको खोप लगाउन पनि मन्त्रालयले आग्रह गरेको छ ।

थप जानकारीका लागि महिला सामुदायिक स्वास्थ्य स्वयंसेविका तथा नजिकैको स्वास्थ्य संस्था वा वडा कार्यालयमा सम्पर्क गर्न मन्त्रालयले भनेको छ ।

  • २ कार्तिक २०८१, शुक्रबार ०७:१४ प्रकाशित