पोखरा ।
पोखराबाट म्याग्दी जाँदै गरेको बसलाई ट्रिपरले ठक्कर दिदा तीन जना घाइते भएका छन । बिहीबार बिहान पोखरा २५ बडहरे स्थित पोखराबाट म्याग्दीतर्फ जाँदै गरेको ग १ ख ७००२ नम्बरको यात्रुबाहक बसलाई यात्रु चढाउदै गरेको अवस्थामा सोही दिशातर्फबाट आउदै गरेको ग १ ख ९१४२ नम्बरको ट्रिप्परले पछाडिबाट ठक्कर दिदा बस चढ्दै गरेका एकजना र ट्रिपरका चालक सहित ट्रिप्परमा सवार एक गरी तीनजना घाइते भएका हुन ।
घाइते हुनेमा बस चढ्दै गरेको म्याग्दी धौलागिरी गाउँपालिका ५ बस्ने ८४ वर्षिय हर्कलाल छन्त्यालको पोखराको फिस्टेल अस्पतालमा उपचार भइरहेको छभने । ट्रिप्पर चालक सिन्धुपाल्चोक चौतारा साँगाचोकगढी नगरपालिका ३ घर भएका ३१ वर्षिय मनोज कटुवाल र ट्रिप्परमा सवार नुवाकोट घर भएका २८ वर्षिय बुद्ध घलेको पोखराको मणिपाल अस्पतालमा उपचार भइरहेको कास्की प्रहरीले जनाएको छ ।














