पोखरा ।
हाल देशभर पश्चिमी वायुको आंशिक प्रभाव रहनुका साथै कोशी, बागमती र गण्डकी प्रदेशको पहाडी भू-भागमा स्थानीय वायुको पनि आंशिक प्रभाव छ ।
जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल मधेश प्रदेश, लुम्बिनि प्रदेश लगायत देशका पहाडी भू-भागमा आंशिक देखि साधारणतया बदली रहेको र बाँकी भू-भागमा आंशिक बदली देखि मौसम मुख्यतया सफा छ ।
दिउँसो देशका पहाडी भू-भागमा आंशिक देखि साधारणतया बदली रही बाँकी भू-भागमा आंशिक बदली देखि मौसम मुख्यतया सफा रहने छ ।
गण्डकी प्रदेशको थोरै स्थानहरुमा तथा कोशी प्रदेश, बागमती प्रदेश, कर्णाली प्रदेश र सुदुरप्श्चिम प्रदेशका पहाडी भू-भागका एक/दुई स्थानमा हल्का देखि मध्यम वर्षाको सम्भावना छ ।
राति कोशी प्रदेश, गण्डकी प्रदेश र सुदुरपश्चिम प्रदेशका पहाडी भू-भागमाआंशिक देखि साधारणतया बदली रही बाँकी भू-भागमा आंशिक बदली देखि मौसम मुख्यतया सफा रहने छ ।
कोशी प्रदेश, गण्डकी प्रदेश र सुदुरपश्चिम प्रदेशका पहाडी भू-भागका एक/दुई स्थानमा हल्का वर्षाको सम्भावना छ ।