रुवि खानसहित ६ जना पक्राउ

केन्द्रभाग मिडिया

काठमाडौँ ।

निषेधित क्षेत्र तोड्न खोजेपछि अभियन्ता रुवि खान लगायत पक्राउ परेका छन् । बुधबार माइतीघरबाट सिंहदरबार जाने क्रममा बबरमहलबाट खानसहित ६ जना पक्राउ परेका हुन्।

सिंहदरबारदेखि संसद् भवनसम्मको निषेधित क्षेत्र अनिश्चितकालसम्म तोड्ने घोषणा गरेका उनीहरूले सोहीअनुसार निषेधित क्षेत्र तोड्न खोजेपछि पक्राउ परेका हुन् । यसअघि पनि उनीहरु पक्राउ परेर छुट्दै आएका छन् ।

निर्मला कुर्मीका लागि न्यायको माग गर्दै खानलगायतले माइतीघर मण्डलामा धर्नामा समेत दिँदै आएका छन् ।

  • ३० आश्विन २०८१, बुधबार १७:१० प्रकाशित