कारको ठक्करपछि घाइतेलाई अस्पताल पु¥याएर भागेका चालक पक्राउ

केन्द्रभाग मिडिया

काठमाडौं ।
कारको ठक्करपछि घाइतेलाई अस्पताल पु¥याएर भागेका चालक पक्राउ परेका छन् । काठमाडौं महानगरपालिका–३२ तिनकुने गैरीगाउँ सडकमा कारको ठक्करबाट सर्लाही घर भई गैरीगाउँ बस्ने ५१ वर्षीय विनोद महरा भन्ने राम विनय रामलाई घाइते बनाएर सवारी चालकले केएमसी अस्पतालमा पुर्‍याएर  भागेका थिए ।

अस्पतालमा पु¥याएपछि मोरङ विराटनगर उपमहानगरपालिका–१७ घर भई ललितपुर महानगर–१ कुपण्डोल बस्ने ४० वर्षीय चालक निरज विष्ट फरार भएका थिए । जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी नवराज अधिकारीका अनुसार उपचारको क्रममा घाइते राम विनयको आइतबार मृत्यु भएको हो ।

उक्त घटनापछि फरार रहेका चालकलाई प्रहरी परिसर काठमाडौं र प्रहरी वृत्त बानेश्वरबाट संयुक्त टोलीले खोजी गर्ने क्रममा कुपण्डोलबाट पक्राउ गरेको हो । पक्राउ परेका चालकमाथि थप अनुसन्धान अघि बढाएको छ । चालकको बा ३ च ९४४ को कार पनि प्रहरीले नियन्त्रणमा लिएको छ ।

  • ३० आश्विन २०८१, बुधबार ११:४० प्रकाशित