काठमाडौं ।
सुनको मूल्यले नयाँ रेकर्ड बनाएको छ । बुधबार सुनको भाउ हालसम्मकै उच्च प्रतितोला १ लाख ६१ हजार ८ सय रुपैयाँ कायम भएको छ । अघिल्लो दिनको तुलनामा आज सुन प्रतितोला १३ सय रुपैयाँ बढेको हो ।
यसअघि उच्चतम मूल्य असोज १८ गते १ लाख ६१ हजार ३ सय रुपैयाँ थियो । त्यस्तै चाँदी प्रतितोला २५ रुपैयाँ बढेको छ । अघिल्लो दिन तोलामा १९२५ रुपैयाँ रहेको चाँदी यस दिन १९५० कायम भएको छ ।
असोज २० गते चाँदी १९८५ रुपैयाँसम्म पुगेको रेकर्ड छ ।














