आज कस्तो छ विदेशी मुद्रा विनिमयदर ? (सूचीसहित)

केन्द्रभाग मिडिया

पोखरा ।

नेपाल राष्ट्र बैंकले निर्धारण गरेको विदेशी मुद्रा विनिमयदर अनुसार आज डलर एकको खरिददर १३४ रुपैयाँ २० पैसा र बिक्रीदर १३४ रुपैयाँ ८० पैसा छ ।

यस्तै पाउण्ड एकको खरिदर १७५ रुपैयाँ ०८ पैसा र बिक्रीदर १७५ रुपैयाँ ८७ पैसा रहेको छ । युरो एकको खरिददर १४६ रुपैयाँ ४९ पैसा बिक्रीदर १४७ रुपैयाँ १४ पैसा रहेको छ । १० जापानी येनको खरिददर ८ रुपैयाँ ९७ पैसा र बिक्रीदर ९ रुपैयाँ ०१ पैसा छ । भने चिनियाँ युवानको खरिददर १८ रुपैयाँ ९४ पैसा र बिक्रीदर १९ रुपैयाँ ०३ पैसा छ ।

साउदी रियालको खरिददर ३५ रुपैयाँ ७४ पैसा र बिक्रीदर ३५ रुपैयाँ ९० पैसा छ ।कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ ८१ पैसा र बिक्री दर ३६ रुपैयाँ ९७ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।

मलेसिया रिंगिट १ को खरिददर ३१ रुपैयाँ २५ पैसा र बिक्रीदर ३१ रुपैयाँ ३९ पैसा रहेको छ ।

  • २९ आश्विन २०८१, मंगलवार ०९:४१ प्रकाशित