काठमाडौँ ।
दसैँको सार्वजनिक बिदा मंगलबारदेखि सकिएको छ । जसअनुसार आजदेखि सरकारीसहितका कार्यालय खुलेका छन् ।
सप्तमी अर्थात असोज २४ देखि सुरु भएको बिदा आज त्रियादशीका दिनदेखि खुलेको हो ।यसैबीच विजयादशमीको टीका जमरा लगाउने क्रम भने पूर्णिमा अर्थात कात्तिक १ सम्मनै जारी रहनेछ ।
जसअनुसार आश्विन शुक्लपक्ष त्रयोदशीका दिन आज पनि मान्यजनबाट आशीर्वादस्वरुप नवदुर्गाको प्रसादका रुपमा टीका र जमरा लगाउने क्रम निरन्तर रहेको छ।














