दसैंको टीकाको दिन आज यस्तो छ मौसम पूर्वानुमान

केन्द्रभाग मिडिया

पोखरा ।
कोशी प्रदेश लगायत मधेश प्रदेशको अधिकांश भू-भाग र बागमती प्रदेशको पूर्वी भू-भागमा मनसुनी वायुको प्रभाव छ । देशको बाँकी भू-भागमा पश्चिमी वायुको प्रभाव छ ।

जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल कोशी प्रदेश, मधेश प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशमा आंशिक बदली रही कर्णाली र सुदूरपश्चिम प्रदेशमा आंशिक बदली देखि मौसम मुख्यतया सफा छ ।

दिउँसो कोशी प्रदेश र मधेश प्रदेश लगायत बागमती प्रदेश, गण्डकी प्रदेशका पहाडी भू-भागमा आंशिक देखि साधारणतया बदली रही बाँकी भू-भागमा आंशिक बदली देखि मौसम मुख्यतया सफा छ ।

कोशी प्रदेशको पहाडी भू-भागका थोरै स्थानहरुमा तथा बागमती र गण्डकी प्रदेशका पहाडी भू-भागका एक/दुई स्थानमा मेघ गर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना छ ।

राति देशको पहाडी भू-भागमा आंशिक देखि साधारणतया बदली रही बाँकी भू-भागमा आंशिक बदली देखि मौसम मुख्यतया सफा रहने छ । कोशी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भू-भागका एक/दुई स्थानमा मेघ गर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना छ ।

  • २६ आश्विन २०८१, शनिबार ०८:१३ प्रकाशित