एक बोतल पानी सय रुपैयाँमा बेच्ने पोखराको ‘द वल्र्ड लान हुआ’ रेस्टुरेन्टलाई २ लाख जरिवाना

केन्द्रभाग मिडिया

पोखरा ।

तोकिएको अधिकतम खुद्रा मूल्य (एमआरपी) २० रुपैयाँको पानीको बोतल एक सय रुपैयाँमा बेच्ने कास्कीको पोखरा महानगरपालिका–६ बैदाममा रहेको द वल्र्ड लान हुआ रेस्टुरेन्ट एन्ड बारलाई जिल्ला प्रशासन कार्यालयले दुई लाख रुपैयाँ जरिवाना तिराएको छ ।

पानी प्रशोधक कम्पनीले तोकेको अधिकतम मूल्यभन्दा बढीमा बिक्री गरेको पाइएपछि उपभोक्ता संरक्षण ऐनबमोजिम रेस्टुरेन्टलाई कारबाही गरिएको कास्कीका सहायक प्रमुख जिल्ला अधिकारी शिव लम्सालले बताए ।

पोखरा–६ बैदामकै एक जना ग्राहकले २० रुपैयाँ पर्ने एक बोतल मिनरल वाटरलाई एक सय रुपैयाँ तिरेको बिलसहित प्रशासनमा गुनासो गरेका थिए ।

  • २३ आश्विन २०८१, बुधबार १५:४७ प्रकाशित