काठमाडौँ ।
दशैंका बेला सुनको भाउ घटेको छ ।
दसैँ बिदा सुरु हुने अन्तिम दिन आज सुनको मुल्यमा गिरावट आएको हो। नेपाल सुनचाँदी व्यवसायी महासंघले बुधबारको लागि तोकेको मूल्य अनुसार छापावाला सुनको मूल्य एक हजार रुपैयाँले घटेको छ ।
अब छापावाला सुन प्रतितोला १ लाख ५९ हजार १०० रुपैयाँमा किनबेच हुनेछ । मंगलबार १ लाख ६० हजार १ सय रुपैयाँमा किनबेच भएको थियो ।
आज चाँदीको मूल्य पनि घटेको छ । मंगलबार प्रतितोला १ हजार ९४० रुपैयाँ रहेको सुनको मूल्य प्रतितोला ४० रुपैयाँले घटेर १ हजार ९०० रुपैयाँमा झरेको छ ।