चाडबाडको अवसरमा पोखराका होटलमा ३० प्रतिशतसम्म छुट

केन्द्रभाग मिडिया

पोखरा ।

चाडबाडको अवसरमा पोखराका होटलहरुले विभिन्न प्याकेज तथा छुट अफर घाेषणा गरेकाे छ ।

नेपाली हिन्दु धर्मालम्बीहरुको महान चाडको दशैं तिहारको अवसरमा शुभकामना दिदैं पोखराका होटलहरुले छुटको घोषणा गरेका हुन् ।

बडादशैं देखि तिहारसम्म पोखराका होटलहरुले ग्राहक तथा सेवाग्राहीलाई ३० प्रतिशत सम्म छुट दिन दिने भएको हो ।

होटल संघ पोखरा नेपालले आज पत्रकार भेटघाट कर्यक्रम गरेरै  संघ अन्तर्गतका होटलहरुमा विभिन्न प्याकेज अफर सहित तोकिएको दररेटमा ३० प्रतिशत सम्म छुट दिने घोषणा गरेको हो ।

हाेटल संघ पाेखराका अध्यक्ष लक्ष्मण सुवेदीले  बाढी पहिरोको कहरबाट व्यवसाय प्रभावित बनेको भन्दै पर्यटन क्षेत्रलाई उकास्नका लागि होटल संघले चाडपर्व माहोललाई लक्षित गर्दै छुट दिने निर्णय गरेको जानकारी दिए ।

छुटबाट बाह्य मात्र नभइ आन्तरिक पर्यटक पनि लाभान्वित हुने र छुटको लाभ लिनको आगि आन्तरिक पर्यटकलाई संघले आह्वान गरेको छ ।

अध्यक्ष  सुवेदीले अहिले होटलको अकुपेन्सी ४० प्रतिशत रहेको र दशैं पछि अकुपेन्सी ८० प्रतिशत पुग्ने अपेक्षा व्यक्त गरे ।

अध्यक्ष सुवेदीको अनुसार पोहोर साल यहि समयमा होटल अकुपेन्सी ६० प्रतिशत थियो भने कोभिड अगाडि ९० प्रतिशत सम्म अकुपेन्सी थियो ।होटल संघ नेपाल गण्डकीका अध्यक्ष हरि गैरेले पोखरा पर्यटनका लागि सुरक्षित रहेको बताउँदै आन्तरिक तथा बाह्य पर्यटकलाई निर्धक्क भई पोखरा आउन र छुटको लाभ लिन आग्रह गरे ।

उनले चाडबाडकै सेरोफेरोमा विभिन्न महोत्सवको आयोजना समेत गरिएको बताए ।कार्यक्रममा उपाध्यक्ष गणेशराज पहारी र महासचिव राजेन्द्र ढकाल लगायतले शुभकामना दिएका थिए ।

  • २२ आश्विन २०८१, मंगलवार १६:४६ प्रकाशित