पोखराको काहुँखोला देखी काठमाडौं सम्म सोफा र एसी सहितको बस सञ्चालन

केन्द्रभाग मिडिया

पोखरा ।
पोखराको काहुँखोला देखी काठमाडौंका लागि स्तरीय बस सेवा सञ्चालनमा आएको छ । पृथ्वी राजमार्ग सञ्चालक कम्पनी प्रालिले मंगलबारदेखी पोखराको पूर्वी उत्तर भेगका यात्रुहरुलाई मध्येनजर गरी सोफा र एसी सहितको स्तरिय बस सञ्चालनमा ल्याएको हो ।

स्तरिय बस सेवाको पृथ्वी राजमार्ग बस सञ्चालक कम्पनी प्रालिका संरक्षक केशब प्रसाद अधिकारीले उद्घाटन गरे । सो अवसरमा वोल्दै संरक्षक अधिकारीले पर्यटकीय राजधानी पश्चात पोखराबाट सञ्चालन हुने बसहरुलाई स्तरिय बनाउने तर्फ ब्यवसायीहरु लागि परिहदा कास्कीको पर्यटकीय क्षेत्र सिक्लेस र ताङतिङ क्षेत्रका यात्रुहरुलाई लक्षित गरी पोखराको काहुँखोलाबाट स्तरिय बस सञ्चालन गरिएको बताए ।

 

त्यस्तै पृथ्वी राजमार्ग बस सञ्चालक कम्पनी प्रालिका अध्यक्ष योगेन्द्र केसीले पोखरा महानगरपालिका वडा नं १३ को काहुँखोलाबाट नियमित रुपमा सञ्चालन हुने गरी काठमाडौंका लागि बस सेवा सञ्चालन गरिएको वताए । काहँुखोला क्षेत्रका यात्रुहरुलाई मध्यनजर गरी अव देखी नियमित रुपमा काहुँखोला काठमाडौं र काठमाडौं काहँखोला बस सञ्चालन हुने बताउदै अध्यक्ष केसीले बिगतमा पनि काहुँखोलाबाट बस सञ्चालन गरिएको भएतापनि विविध कारणले नियमित सञ्चालन गर्न नसकिएको र अवदेखी नियमित रुपमा बस सञ्चालन हुने उनको भनाइ छ ।

पोखराको काहुँखोलाबाट बिहान ७ : ३० बजे र काठमाडौंको गोंगबु बसपार्कबाट बिहान ८ बजे काहुँखोलको लागि बस छुट्ने अध्यक्ष केसीले बताए ।

  • २२ आश्विन २०८१, मंगलवार ०९:२९ प्रकाशित