नेपाल एयरलाइन्सले फूलपातिका दिन न्यारोबडी जहाजबाट काठमाडौं–भैरहवा उडान गर्ने

केन्द्रभाग मिडिया

काठमाडौं ।

नेपाल एयरलाइन्सले दशैंको फूलपातिका दिन काठमाडौं–भैरहवा–काठमाडौं उद्धार उडान गर्ने भएको छ ।

नेपाल एयरलाइन्सका अनुसार २४ असोजका दिन न्यारोबडी जहाजबाट भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा उडान गर्न लागिएको हो । काठमाडौंबाट बाहिर जाने यात्रुको चापलाई ध्यानमा राख्दै प्रतिव्यक्ति एकतर्फी ७ हजार रुपैयाँ भाडामा यो रुटमा उडान गर्न लागिएको नेपाल एयरलाइन्सले जनाएको छ ।

आरए १७३३ उडान नम्बर रहेको जहाज बिहान ११ बजे काठमाडौंबाट उड्ने भएको छ । यस उडानमा ३० किलोसम्म लगेज निशुल्क बोक्ने समेत नेवानिले जनाएको छ ।

सोही जहाज १२ः३० बजे भैरहवाबाट काठमाडौं उड्ने छ । जसको भाडा ३ हजार ८९० राखिएको छ । यस उडानका लागि निगमको कार्यालय, वेवसाइट र आफ्नो मोबाइलबाटै अनलाइन टिकट समेत लिन सकिने नेवानिको भनाइ छ ।

  • २१ आश्विन २०८१, सोमबार १७:०६ प्रकाशित