सबै भूमिहीन, सुकुम्वासीले लालपुर्जा छिट्टै पाउँछन् : मन्त्री अधिकारी

केन्द्रभाग मिडिया

बुटवल ।

भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री बलराम अधिकारीले सबै भूमिहीन, किसान, सुकुम्वासी र बर्षौँदेखि बसोबास गरिरहेका अव्यवस्थित बसोबासीहरुले छिट्टै लालपुर्जा पाउने बताएका छन् ।

सोमबार कपिलवस्तु र रुपन्देही जिल्लाका गाँउब्लकमा बसोबास गरेका करिव पन्ध्र सय परिवारलाई लालपुर्जा वितरण गर्दै मन्त्री अधिकारीले छिट्टै भूमि आयोग गठन गरीने जानकारी दिए ।

मन्त्री अधिकारीले कपिलवस्तुको बाणगंगा नगरपालिका वडा नं १० पटना, कृष्णनगर नगरपालिका वडा नं १२ मा रहेको बदगाउ र रुपन्देहीको रोहीनी गाँउपालिकाको गाँउ ब्लक (मिनाह डिहि) मा बर्षौंदेखि अलपत्र रूपमा बसोबास गरेका परिवारहरूलाई लालपुर्जा वितरण गरेका हुन् ।

लालपुर्जा पाएपछि ज्येष्ठ नागरिक, अपाङ्ग र एकल महिलाहरू खुसी भएका थिए । वर्षौंदेखि जग्गाधनी प्रमाण पुर्जा नहुँदा परेको पिडाबाट मुक्ति पाएको लालपुर्जा प्राप्त गरेपछि सहभागीले बताए ।

  • २१ आश्विन २०८१, सोमबार १६:०४ प्रकाशित