प्रधानमन्त्री ओलीले बालुवाटारमा बोलाए मन्त्रिपरिषद् बैठक

केन्द्रभाग मिडिया

काठमाडौँ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् बैठक आह्वान गरेका छन् ।

सोमबार साँझ ५ बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्नेगरी मन्त्रिपरिषद् बैठक बोलाएको जानकारी दिइएको छ ।

नियमित मन्त्रिपरिषद् बैठक भएकाले सरकारले गर्नुपर्ने कामहरूबारे बैठकले निर्णय गर्ने ती मन्त्रीको भनाइ छ । मन्त्रिपरिषद् बैठक प्रायः सिंहदरबारमै राख्ने गरेका प्रधानमन्त्रीले आजको बैठक बालुवाटारमा राखेका हुन् ।

  • २१ आश्विन २०८१, सोमबार १४:४७ प्रकाशित