दर्शन सहकारीको साधारण सभा, विभिन्न व्यक्ति सम्मानित

केन्द्रभाग मिडिया

पोखरा ।
दर्शन सहकारी तथा ऋण संस्था लिमिटेड पोखराको १४ औं साधारण सभा सम्पन्न भएको छ । सभाले आर्थिक वर्ष ०८०÷०८१ असार मसान्त सम्मको संस्थाको आर्थिक गतिविधि लेखापरिक्षण प्रतिवेदन सर्वसम्मतले पास गरेको छ ।
नेपाल ठकुरी संगम परिवार कास्कीका प्रमुख सल्लाहकार डा. बिरेन्द्र हमालले सहकारी गौरब लाग्दो र राम्रो सहकारी बनाएर सेवा प्रदान गर्न आवश्यक रहेको बताउदैं कार्यसमितिलाई आ–आफ्नो जिम्मेवारी बहन गर्न अनुरोध गरे ।

हमालले सहकारीलाई सक्षम बनाउन सन्चित कोष रकम बढि जम्मा गर्नु पर्ने बताउदै सहकारीलाई राज्यले समेत महत्वपु्र्ण रुपमा लिएका हुँदा यसलाई सकारात्मक ढंगले सबैले सहयोग गर्नुपर्ने जोड दिए ।ठकुरी महासघंका केन्द्रिय अध्यक्ष तथा दर्शन सहकारी सस्थापक अध्यक्ष खिम बहादुर शाहिले ठकुरीले छरिएर रहेको पुजिलाई एकिकृत गर्दै लैजाने सोचले सहकारीको स्थापना गरिएको बताउदै जनतामा आर्थिक जागरण ल्याउने काम गरेको बताए ।

कार्यक्रममा ठकुरी संगम परिवार कास्कीका अध्यक्ष शेर बहादुर उच्चैले सहकारीले समाजमा उल्लेख्य योगदान गरेको भएता पनि केही सहकारीले नियतवस वदमासी गरेको हुनाले सदस्यहरुले सहकारीलाई छानेर विश्वासिलो संस्थामा मात्र कारोवार गर्नु पर्ने कुरामा जोड दिदै आफ्नो सहकारीका शेयर सदस्यहरुले सस्थाकाका बारेमा जानकारी लिनुपर्ने बताए ।

कार्यक्रममा सहकारीका शेयर सदस्य पुतलीबजार प्रज्ञा प्रतिष्ठानका उपकुलपति दुर्गा शाह बाबा, शेयर सदस्यका छोराछोरी १२ दिएका यस वर्ष उत्कृष्ट नतिजा ल्याउने उत्सल खाँण , एञ्जल मल्ल , सम्पुर्ण सिंह ठकुरी, स्वस्तिका शाहीलाई समान गरेका थिए ।

त्यसैगरी अमेरिकाको र्फन्टिएर नर्सिङ विश्वविद्यालयबाट नर्सिङमा मास्टर गर्नुभएको अनु मल्ल, पोखरा चाईल्ड स्टार सिजन २ मा फस्ट रनरअप ईन्दु सेन र सेकेन्ड रनरअप नज्योशा सिंह ठकुरी, जेष्ठ शेयर सदस्यहरु नन्द बहादुर मल्ल , गंगा बहादुर खाँण, दुर्गा कुमारी शाही , असल सहकारी अभ्यासकर्ता धनबिक्रम शाही, तुलसी कुमारी मल्ल, खिम बहादुर शाही लगाएतलाई सम्मान गरेका थिए ।

दर्शन सहकारी संस्थाका अध्यक्ष राजाराम शाहीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा स्वागत उपाध्यक्ष लक्ष्मण मल्ल र सचिव ज्योती हमालले सञ्चालन गरेका थिए ।

  • २० आश्विन २०८१, आईतवार २०:३० प्रकाशित