मुग्लिन नारायणगढ सडकखण्डमा गाडीमाथि ढुंगा खस्दा ५ जना घाइते

केन्द्रभाग मिडिया

यो पुरानो तस्वीर हो ।

चितवन ।

चितवनको नारायणगढ-मुग्लिङ सडकमा माथिबाट ढुंगा खस्दा ५ जना घाईते भएका छन् ।

इच्छाकामना गाउँपालिका-६ टोपेखोलामा शनिबार राति ढुंगा खसेर लाग्दा २ वटा बसका ५ जना यात्रु घाइते भएका हुन् ।

घाइतेमध्ये तीनजनाको अवस्था मध्यम र दुईजनाको अवस्था सामान्य रहेको चितवन जिल्ला प्रशासन कार्यालयले जानकारी दिएको छ । घाइतेहरुको चितवन मेडिकल कलेजमा उपचार भैरहेको छ ।

घाइतेहरूमा बर्दिया गेरूवाका प्रेमकला थापा, विकास शर्मा र गीता पाण्डे तथा मुगुका हिरामणि सञ्जेल र मोहन सञ्जेल रहेका छन् ।चितवनका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले काठमाडौंबाट बर्दिया गइरहेको ना७ख २७४५ नम्बरको बस र काठमाडौंबाट नारायणगढ जाँदै गरेको बा प्र०६-००१ज ०२३६ नम्बरको माइक्रोबसमाथि ढुंगा खसेको हो ।

घाइते यात्रु बसका हुन् । माइक्रोबसका यात्रुलाई केही नभएको प्रशासनले जनाएको छ ।

  • २० आश्विन २०८१, आईतवार ०८:३६ प्रकाशित