देशभर मनसुनी वायुको प्रभाव, चार प्रदेशमा वर्षा हुने

केन्द्रभाग मिडिया

पोखरा ।

देशभर मनसुनी वायुको प्रभाव छ । देशको पूर्वी र मध्य भागमा बंगलादेशको उत्तर भू-भाग तथा भारतको पश्चिम बंगाल आसपासको क्षेत्रमा बनेको न्यून चापीय प्रणालीको आंशिक प्रभाव छ ।

जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल लुम्बिनी र गण्डकी सहित देशको पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम मुख्यतया सफा सफा छ । लुम्बिनी प्रदेशको थोरै स्थानहरूमा तथा सुदूरपश्चिम प्रदेशको एक/दुई स्थानमा हल्का देखि मध्यम वर्षा भइरहेको छ ।

दिउँसो देशभर आंशिक देखि साधारणतया बदली रहने छ । कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानहरूमा तथा बाँकी प्रदेशका एक/दुई स्थानमा मेघ गर्जन र चट्याङसहित हल्का देखि मध्यम वर्षाको सम्भावना छ ।

राति देशको पहाडी भू-भागमा आंशिक देखि साधारणतया रही बाँकी भू-भागमा आंशिक बदली देखि मौसम मुख्यतया सफा रहने छ । कोशी र गण्डकी प्रदेशका थोरै स्थानहरूमा तथा बाँकी प्रदेशका एक/दुई स्थानमा मेघ गर्जन र चट्याङसहित हल्का देखि मध्यम वर्षाको सम्भावना छ ।

  • २० आश्विन २०८१, आईतवार ०७:२८ प्रकाशित