लमजुङ जाँदै गरेको हायस दुर्घटना हुँदा एक जनाको ज्यान गयो पाँच घाइते

केन्द्रभाग मिडिया

काठमाडौं ।

काठमाडौँबाट लमजुङतर्फ जाँदै गरेको लमजुङको सुपर दोर्दी ‘ख’ आयोजनाको गाडी नुवाकोटमा दुर्घटना हुँदा एक जनाको ज्यान गएको छभने । पाँचजना घाइते भएका छन् ।

बा१४च ३८५४ नम्बरको गाडी नुवाकोटको शिवपुरी–८ काफलडाँडामा दुर्घटना हुँदा काठमाडौँका ५८ वर्षीय उपेन्द्र खनालको ज्यान गएको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक शान्तिराज कोइरालाले जानकारी दिए । गम्भीर घाइते खनालको उपचारका लागि काठमाडौँ लैजाने क्रममा बाटोमै ज्यान गएको उनले बताए ।

उक्त दुर्घटनामा घाइते भएका गाडी चालक ४६ वर्षीय विश्वनाथ अधिकारी, ५२ वर्षीय रामशरण अधिकारी, ७६ वर्षीया हरिकला खनाल, ५१ वर्षीया गायत्री खनाल र ६३ वर्षीय चन्द्रनाथ शर्माको काठमाडौँका विभिन्न अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । रासस

  • १९ आश्विन २०८१, शनिबार १६:२६ प्रकाशित