सरसफाईसहित दोलखा-पोखरा समाजको शुभकामना आदानप्रदान

केन्द्रभाग मिडिया

पोखरा ।

दोलखा पोखरा समाजले पोखरामा बृहत सरसफाईका साथ शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न गरेको छ । विजयादशमी, दिपाली र छटसहित महत्वपूर्ण चाडपर्वको अबसर पारेर सरसाफाई एवं शुभकामना आदानप्रदान कार्यक्रम गरिएको समाजका सचिव कमलबहादु बस्यालले जानकारी दिए ।

उनका अनुसार मुस्ताङचोकदेखि सहिदचोकसम्म सरसफाई, गरिएको छ । साथै झाडी सफाई र रुखमा रङरोगन गरिएको उनले बताए ।

देलखाबाट पोखरा आई विभिन्न पेशा वा व्यवसायमा संलग्नहरुको संस्थाले दोलखेलीहरुको सुखदुखमा साथ रहेको समाजका अध्यक्ष धनबहादुर खड्काले जानकारी दिए । समाजले विगतका दिनमा पनि विभिन्न रचनात्मक कार्यगरेको उनले बताए ।

कार्यक्रमका प्रमुख अतिथि ई. ध्रुव पोखरेलले समाजको गतिविधिले सबैलाई जोड्नेकाम गरेको बताए । समाजका लागि केही गरौं भन्ने भवनाको विकाश भएको धारणा राखे ।

  • १९ आश्विन २०८१, शनिबार १०:५९ प्रकाशित