काठमाडौं ।
काठमाडौंबाट लमजुङ जाँदै गरेको हाइलक्स गाडी नुवाकोटको काफलडाँडामा दुर्घटना हुँदा चालकको ज्यान गएको छ भने दुइजना घाइते भएका छन । शनिवार बिहान ८ बजे बा १४ च ३८५५ नम्बरको हायलक्स दुर्घटनामा परेको हो ।
घाइते दुुइमध्ये एकको अवस्था गम्भीर छ । दुर्घटनामा परी उक्त गाडी पाँच सय मिटर तल खसेको र चालकको ज्यान गएको प्रहरीले जनाएको छ ।
गत असोज ११ र १२ गते भएको भारी वर्षाका कारण पहिरो जाँदा नागढुंगातर्फको बाटोमा घण्टौं जाम हुने र जोखिमपूर्ण पनि भएको भन्दै धेरै सवारी चालकहरुले टोखा–छहरे सडक प्रयोग गर्ने गरेका छन् ।
दुर्घटना भएको गाडी पनि टोखा–छहरे सडक प्रयोग गरेर काठमाडौंबाट लमजुङ जाँदै थियो । उक्त गाडी हाइड्रोपावरको भएको प्रहरीले जनाएको छ । गाडीमा ४ पुरुष र २ महिला गरी जम्मा ६ जना सवार थिए ।