बाढीपहिरोमा र डुबानमा परेर ज्यान गुमाउनेको संख्या २३९ पुग्यो

केन्द्रभाग मिडिया

काठमाडौं ।

अघिल्लो साता आएको बाढीपहिरो र डुबानमा परेर ज्यान गुमाउनेको संख्या दुई सय ३९ पुगेको छ । १८ जना अझै बेपत्ता छन् । गृह मन्त्रालयका प्रवक्ता ऋषिराम तिवारीका अनुसार १७८ जना घाइते भएका छन् ।

हालसम्म बाढीपहिरो प्रभावित क्षेत्रबाट १७ हजार एक सय २० जनाको उद्धार गरिएको छ भने सहायता परिचालन र अवरुद्ध राजमार्गको मर्मत गरी यातायात सञ्चालन गर्न अथक प्रयास भइरहेको प्रवक्ता तिवारीले बताए ।

यही १२ असोजमा आएको बाढीपहिरोले काठमाडौं उपत्यका, काभ्रेलगायत बागमतीमा ठुलो क्षति भएको छ ।

  • १९ आश्विन २०८१, शनिबार ०८:२० प्रकाशित