पोखरा ।
स्याङ्जा गौतम ज्वेलर्सले पोखराको चिप्लेढुंगा, पोखरा ट्रेड मल नजिकै आफ्नो नयाँ सोरुम सञ्चालनमा ल्याएको छ । पोखरा–१, मोहोरिया टोलमा आफ्नो पुरानो पसलबाट सेवा दिँदै आएको यस ज्वेलर्सले अब चिप्लेढुंगामा आधुनिक सोरुम खोलेर सेवा विस्तार गरेको हो । सोरुमको शुक्रबार एक कार्यक्रमका बीच पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष गोकर्ण काकीले उद्घाटन गरेका हुन् ।
उद्घाटनको अवसरमा बोल्दै अध्यक्ष कार्कीले गौतम ज्वेलर्सले सुन तथा गहना क्षेत्रमा उत्कृष्ट सेवाका लागि चिनिएको बताए । उनले भविष्यमा अझ उत्कृष्ट योगदान दिने विश्वास व्यक्त गरे ।
गौतम ज्वेलर्सको स्थापना २०८१ सालमा भएको हो । तर, पोखरामा गहना व्यवसायमा तारा गौतमले २५ वर्षसम्म अनवरत रूपमा काम गर्दै आएका छन् । तारा गौतम र सह-संचालक दीपा गौतमको नेतृत्वमा अब व्यवसायलाई अझ ठूलो स्तरमा पुर्याौउने लक्ष्य रहेको उद्घाटन कार्यक्रममा जानकारी दिइयो ।
संचालक गौतमले शोरुम उद्घाटनको अवसरमा ग्राहकहरूलाई विशेष छुट पनि उपलब्ध गराइने जानकारी दिएका छन् । यो शोरूमले पोखराका ग्राहकहरूको मन जित्ने र उत्कृष्ट गहना सेवा प्रदान गर्ने उनको विश्वास छ ।














