पोखरा ।
स्याङ्जाको सिरुबारीबाट पोखरा आउदै गरेको जिप बेझाङ भालेखर्कमा दुर्घटना हुदा ७ जना यात्रु घाइते भएका छन । शुक्रबार बिहान १० बजे ग १ ज ५७५६ नम्बरको बोलेरो जिप ब्रेक फेल भइ सडकको नालीमा पल्टिएर दुर्घटना हुदा चालक सहित ९ जना सवार मध्ये ७ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय स्याङजाले जनाएको छ ।
घाइतेहरुलाई सेतीदोभान स्वास्थ्य चौकीमा सामान्य उपचारपछि थप उपचारका लागि पोखरास्थित गण्डकी मेडिकल कलेज रेफर गरिएको जिल्ला प्रहरी कार्यालय स्याङजाका प्रहरी नायब उपरीक्षक हरि पौडेलले जानकारी दिए ।
घाइते हुनेमा आँधीखोला ५ का ५० वर्षीय आत्मराम सिग्देल, ४८ वर्षीया कलावती घिमिरे, ३२ वर्षीया सिर्जना चापागाई, पोखराको छोरेपाटन बस्ने १६ वर्षीया अमना नेपाली, पोखरा ११ निवासी मनीषा नेपालीकी ३ वर्षीया सोफिया, स्याङ््जाको अर्जुनचौपारी ५ आरुचौरकी ५८ वर्षीया शान्तिकुमारी सापकोटा र ६१ वर्षीय शिव सिग्देल रहेका छन ।
जिप चालक अर्जुनचौपारी ५ का २७ वर्षीय सागर विश्वकर्मालाई प्रहरीले नियन्त्रणमा लिई अनुसन्धान थालिएको प्रहरीले जनाएको छ ।














