उपभोक्ता ठगिन नदिन पोखरामहानगर ४ नम्बर वडा कार्यालयकोे अनुगमन (भिडियो)

केन्द्रभाग मिडिया

पोखरा ।

पोखरा महानगरपालिका वडा नम्बर ४ ले चाडबाडमा उपभोक्ता ठगिन नदिन वडा भित्र अनुगमन गरेको छ । शुक्रबार वडा नम्बर ४ का वडाध्यक्ष देवकृष्ण पराजुलीको नेतृत्वमा वडा जनप्रतिनिधि, कर्मचारी, उपोक्ता अधिकारकमी र नेपाल प्रहरीको प्रतिनिधिसहितको टोलीले अनुगमन गरेको हो ।

अनुगमनको क्रममा उपभोग्य म्याद सकिएका सामान बेच्ने एउटा होलसेल पसलमा शिल गरिएको छ । राजकुमार गुप्ताले चलाएको रामकृष्ण टोलको उक्त पसल दर्ता समेत नभई सञ्चालन गरेको पाइएको छ । सो पसलमा तेल, सुजी लगायतका विभिन्न खाद्यान्नहरु म्याद गुर्जेका समान बेचेको पाइएको हो ।

अन्य विभिन्न ८ वटा पसललाई सुधारका लागि निर्देशन दिइएको छ । चाडबाडका बेला उपभोक्ता ठगिने सम्भावना धेरै हुनेभएकाले महानगरसंगको समन्वयमा वडाका विभिन्न खाद्यान्न एवं मासु पसलमा अनुगमन गरिएको वडा नम्बर ४का वडाध्यक्ष देवकृष्ण पराजुलीले जानकारी दिए । उनका अनुसार अनुगमनका क्रममा केही पसलमा म्याद सकिएका सामान बेचेको पाइएको छ ।

दर्ता बिना पसल सञ्चालन गरेको र कतिपय पसल महानगरमा दर्ता गरेको नपाइएको, बोर्ड नराखेको र मूल्य सूची समेत नराखेको पाइएको छ । उनीहरुलाई निस्चित समय दिएर दर्ता गर्न र नियमअनुसार सञ्चालन गर्न निर्देशन दिइएको उनले बताए ।

वडा नम्बर ४ की कर्मचारी सुजता पौडेल ढकालका अनुसार वडा भित्र रामकृष्ण टोल, सिद्धार्थचोक हुँदै चिप्लेढुंगाका गरी विभिन्न ३० वटा खाद्यान्न तथा मासु पसलमा अनुगमन गरिएको हो । अनुगमनलाई निरन्तरता दिइने वडा कार्यालयले जनाएको छ ।

  • १८ आश्विन २०८१, शुक्रबार १६:१९ प्रकाशित