हात्तीको आक्रमणबाट माउतेको ज्यान गयो

केन्द्रभाग मिडिया

भरतपुर ।

चितवन राष्ट्रिय निकुञ्जको हात्तीको आक्रमणबाट एक जना माउतेको ज्यान गएको छ । पसलबाट सामान लिएर सौराहास्थित हात्ती प्रजनन केन्द्र जाने क्रममा बिहीबार साँझ हात्तीको आक्रमणबाट हरिपुर नगरपालिका–६ सर्लाहीका ३४ वर्षीय जग्दु सिंहको ज्यान गएको हो ।

“खोरसोर नजिकको पुल क्रस गरेर आउँदै हुनुहुँदोरहेछ । सिमलको रुखमुनि बसेको हात्तीले आक्रमण गर्दा उहाँको मत्यु भयो’, निकुञ्जका प्रमुख डिलबहादुर पुनमगरले भने ।

जग्दुका साथमा रहेका एक जना भने भागेर बाँच्न सफल भएको मगरले जानकारी दिए ।

  • १८ आश्विन २०८१, शुक्रबार ०८:५७ प्रकाशित