पोखरा ।
आज कृषि तथा पशु विकास महाशाखा गण्डकी प्रदेश पोखराले सार्वजनिक गरेको तरकारीको मूल्य अनुसार फेरि गोलभेडाँको भाउ बढेको छ भने धनियाँको भाउ घटेको छ ।
आज सानो गोलभेडाँ के.जीको १४७ रुपैयाँ ५ पैसा र ठुलो गोलभेडाँ भने १३५ रुपैयाँ केजी रहेको छ । हिजो सानो गोलभेडाँ के.जी भाउ १३५ रुपैयाँ थियो । आज हरियो धनियाँको भाउ केजीको ४५० रुपैयाँ रहेको छ । हिजो भने धनियाँ केजीको ५०० रुपैयाँ थियो ।
यस्तै रातो र सेतो दुवै आलुको भाउ प्रति के.जी ६० रुपैयाँ रहेका छ ।यस्तै घिरौला १४० रुपैयाँ के।जी छ । यस्तै आज प्याज सुकेको १२० रुपैयाँ , गाजर १३५ रुपैयाँ प्रति केजी रहेको छ । मुला ९० रुपैयाँ के.जी रहेको छ । आज रायोको साग मुठाको ९५ रुपैयाँ पुगेको छ ।















