दशैं अगाडि वीपी राजमार्ग नखुल्ने भौतिक पूर्वाधार मन्त्रालयको निष्कर्ष

केन्द्रभाग मिडिया

काठमाडौं ।

भौतिक पूर्वाधार मन्त्रालयले बीपी राजमार्ग दशैं अगाडि खुलाउन नसकिने बताएको छ । मन्त्रालय र सडक विभागको टोली बुधबार नेपाली सेनाको हेलिकप्टरबाट निरीक्षणमा गएको थियो ।

त्यसको भोलिपल्ट बिहीबार भौतिक पूर्वाधार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा सचिव केशवकुमार शर्माले दशै अगाडि बीपी राजमार्ग खुल्ने अवस्थामा नरहेको निष्कर्षमा पुगेको जानकारी दिएका हुन ।

  • १७ आश्विन २०८१, बिहीबार १५:३७ प्रकाशित