सुर्खेत ।
घर सजावटका लागि माटो खन्ने क्रममा माथिबाट आएको मोटोको ढिस्कोले पुरिएर हुम्लामा दुई जनाको ज्यान गएको छ ।
ज्यान गुमाउनेमा ताँजाकोट गाउँपालिकाका रोजगार शाखा सहसंयोजक रहेका अन्दाजी २५ वर्षीय प्राविधिक ध्रुव र सोही गाउँकी २४ वर्षीया मनसुरा मल्ल रहेका छन् ।
जिल्ला प्रहरी कार्यालय हुम्लाका सुचना अधिकारी नरेन्द्र चन्दका अनुसार ताँजाकोट गाउँपालिका–३ रामगाउँका उनीहरू दसैँमा घर सजावटका लागि बुधबार बिहान माटो खन्न गएका थिए ।
माटो खन्नेक्रममा माथिबाट खसेको माटोको ढिस्कोमा परी उनीहरूको ज्यान गएको चन्दले जानकारी दिए ।सँगै माटो लिन गएका सोही ठाउँमा अन्दाजी २६ वर्षीय लालबहादुर शाही घाइते भएका छन ।












